विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्काशित, पाण्डेद्धारा समानान्तर समिति घोषणा
- पुस ६, २०७८
- 0
विवेकशील साझा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई पार्टीबाट निकालेका छन्।
मिश्रले पाण्डेयलाई साधारण सदस्यसमेत नरहने गरी आज कारबाही गरेका हुन्। यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले पनि स्पष्टीकरणको जवाफ दिएका थिए।
उक्त जवाफ चित्तबुझ्दो नभएकोले कारबाही गरिएको मिश्रले विज्ञप्ति जारी गरी जनाएका छन्। पाण्डेले भने आजै अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन्।
अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरिरहदा यता पार्टीका संयोजक मिलन पाण्डेले आजै समानान्तर कमिटी घोषणा गरेका छन् ।
‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’का लागि भन्दै पाण्डेले २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन । सुदृढीकरण अभियानमा हालका १२९ केन्द्रीय सदस्यलाई यथावत् राखिएको छ भने ५५ जना थप गरिएको छ । थपिनेमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामांग, महेन्द्र आचार्य, कल्याण अधिकारि, बिमला रोक्का, डा बोध राज पराजुली, सुबास भारती, ई। प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दिपेन्द्र कार्की, चेतनाथ निरौला, प्रेक्षा पन्डित, डा फडिन्द्र शाह, सुदिप ओझा, अशोक खड्का, सुरज श्रेष्ठ, मनिषा मगर, बाबुराज बस्नेत, युजन राजभण्डारी, कल्याण थापा रहेका छन् ।
त्यसैगरी नवराज कार्की, सुवास पन्थी, सन्देश केसी, रेशम के श्रेष्ठ, रामहरि तिम्सिना, बिदुर अधिकारी, बन्धु घिमिरे, राजेश कुमार गिरी, आशा ठाकुर, नाबिता शर्मा, सुदिप बजगाई, सौरभ नेउपाने, तारा भट्ट, सौरभ न्युपाने(चाउ), भोला रिजाल, रविन्द्र उपाध्याय, रोहन दंगाल, सागर वेलवासे, भरत कँडेल, तुलसीराज उप्रेती, कृष्ण आचार्य, पदमराज न्यौपाने, नरेश भण्डारी (नाथन), भिम नारायण कोइराला, सागर घिमिरे, बिपिन पाण्डे, बिष्णु के।सी, निर्मल फुयाल, सम्झना उप्रेती, डा। गोविन्द आचार्य, राम बाबु यादव, उत्तम खनाल थपिएका छन् । बाँकी १७ जना दोस्रो चरणमा थपिने अभियानले जनाएको छ । ।













