काठमाडौं मोडेल कलेजको होस्टल बसेका विद्यार्थीको मृत्यु

news-details

काठमाडौंको काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउँदा बेहोस भएका कक्षा ११ मा पढ्ने १८ वर्षीय सुशिल सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहनी धेरै बेरसम्म बाथरूमबाट ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

काठमाडौं मोडल अस्पतालमा आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

होस्टेलका लापरबाहीले सहनी मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया