कांग्रेस केन्द्रीय सदस्यमा खुला महिलातर्फ ९ जना निर्वाचित (मतपरिणामसहित)

अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकमा सुनुवार
news-details

नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित हुनेमा डा डिला पन्त संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवा, अम्बिका बस्नेतले, ईश्वरी न्यौपानेले, सरिता प्रसाईंले, रमा कोइराला, सुशीला ढकाल र रंगमती शाही रहेका छन ।

निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको जानकारी दिए ।

मंगलबार खस आय, आदिवासी जनजातीको मतगणना हुने उनले बताए । त्यसपछि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मतगणना हुने छ । मतगणना सकिन अझै दुई वा तीन दिन लाग्ने उनको भनाई छ ।

अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकमा सुनुवार

कांग्रेस केन्द्रीय सदस्य अपांगता भएका खुल्लातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन भने अल्पसंख्यक खुल्लातर्फ प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन ।

अपांगता भएका खुल्लातर्फ श्रेष्ठले १६४० मत प्राप्त गरेका थिए । यस पदका लागि १२ जना उम्मेदवारहरु रहेका थिए ।

अल्पसंख्यक खुल्लातर्फ सुनुवार २१७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया