प्रधानमन्त्रीको आब्हानमा आज सर्वदलिय बैठक बस्दै, प्रमुख प्रतिपक्षी एमाले सहभागी नहुने

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार सर्वदलिय बैठक बोलाएका छन । पूर्वनिर्धारित समय अनुसार आज अपरान्ह ४ बजे बैठक बस्ने छ ।

प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ । जसले प्रधानमन्त्री देउवाको एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने चाहनामा धक्का पुगेको छ ।

प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्नेदलका शीर्ष नेताहरु भने सर्वदलिय बैठका सहभागी हुनेछन् ।

नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया