देशभर थपिए १८९ जना कोरोना संक्रमित, एकैदिन २५० जना निको हुदा २ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

५ हजार ४८३ जनाको पीसीआर परीक्षण गर्दा १५८ र २५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५७२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया