कांग्रेस महाधिवेशन : बाकी पाँच सहमहामन्त्री पदको मतगणना आज हुँदै
- पुस २, २०७८
- 0
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सह-महामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना केही समयपछि सुरु हुँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह-महामन्त्रीको मतगणना केही बेरपछि सुरु हुन लागेको हो। मधेसी समूहको सह-महामन्त्रीमा महेन्द्र यादव, रामकृष्ण यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् ।
त्यस्तै, खसआर्य समूहको सह-महामन्त्रीमा किशोरसिंह राठौर र देवराज चालिसे उम्मेदवार छन् भने थारू क्लस्टरमा उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छन् । मुस्लिम क्लस्टरको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन् ।
पिछडिएको क्षेत्र क्लस्टरको सह-महामन्त्रीमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राती घोषणा भइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







