राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो मतदान केन्द्र

news-details

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले मतदान केन्द्र निर्धारण गरेको हो ।

जसअनुसार प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १–१ वटा मतदान केन्द्रभित्र २–२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु तोकिएको छ ।

प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

प्रदेश २ मा महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका लागि दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थ्ति प्रदेश सभा भवनमा मतदान केन्द्र रहने छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया