कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्री देउवालाई राजीनामा पत्र

news-details

रक्षामन्त्री डा मिनेन्द्र रिजालले राजीनामा दिएका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन ।

शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए ।

‘नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ’, रिजालले प्रधानमन्त्री प्रधानमन्त्री देउवालाई बुझाएको राजीनामा पत्रमा लेखेका छन , ‘यस कुरालाई हृदयंगम गर्दा मैले रक्षामन्त्री पदमा रहिरहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षामन्त्री पदबाट राजीनामा दिएको छु ।’ रिजालले मन्त्रीको जिम्मेवारीमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिएको भन्दै धन्यवाद दिनुभएको छ ।

चुनावी मैदानमा रहनुभएका मन्त्री रिजालले प्रारम्भिक मतपरिणामलाई दृष्टिगत गर्दै राजीनामाको घोषणा गरेका थिए ।

काँग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए लगत्तै महामन्त्रीका प्रत्याशी रक्षामन्त्री रिजालको राजीनामा आएको हो । उनले कसैको दबाब नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन ।

रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया