जर्मन सरकारद्वारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण
- पुस १, २०७८
- 0
जर्मन सरकारले कोभ्यास सुविधामार्फत कोभिड–१९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप नेपाललाई हस्तान्तरण गरेको छ ।
बिहीबार नेपालका लागि जर्मनीका राजदूत डा। स्टेफन रुसेकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो ।
मोडर्ना खोप पुस ४ देखि ५७ जिल्लाका १२ देखि १७ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइदैछ । जोन्सनको २१ लाख ७६ हजार ६५० डोज खोप आज नै नेपाल आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







