देशभर थपिए २११ जना कोरोना संक्रमित, एकैदिन ३२९ निको हुदा २ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३२९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५४९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया