लमजुङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, छ घाइते
- मंसिर २३, २०७८
- 0
लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।
मस्र्याङदी गाउँपालिका वडा नं ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । उनका अनुसार तीन जनाको घटनास्थलमा मृत्यु भएपनि पहिचान हुँन बाँकी छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । जिपले च्यापिएको अवस्थाको शव निकाल्ने काम भइरहेको छ । घाइते छ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिपमा कति जना थियो भन्ने एकिन हुन सकेको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







