नेपालमा पनि कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटियो

news-details

नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा. समिरकुमार अधिकारीले जानकारी दिए । सोमबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।

उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया