काँग्रेस प्रदेश अधिवेशन : कर्णालीमा शाही, गण्डकीमा शर्मा र सुदूरपश्चिममा बलायर सभापतिमा विजयी
बागमती प्रदेशमा पुन: मतदान हुँदै, लुम्बिनी प्रदेशमा मतगणना जारी, प्रदेश १ मा मतगणना शुरु गर्ने तयारी
- मंसिर १९, २०७८
- 0
नेपाली काँग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अन्तर्गत ३ प्रदेशको नतिजा सार्वजनिक भैसकेको छ ।
प्राप्त नतिजा अनुसार वागमती प्रदेश सभापतिका तीन जना प्रत्यासी मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेकाले पुन दोश्रो चरणको निर्वाचन हुने भएको छ ।
दोश्रो चरणको निर्वाचनमा दुइ मुख्य प्रतिस्पर्धी इन्द्र वानियाँ र जगदिश्वर नरसिंह केसीविच पुन: निर्वाचन हुने भएको हो ।
यसैगरी कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन । विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन । ललितजंग शाहीले ४ सय २२ मत ल्याउँदा भुपेन्द्रले ३ सय ७१ मत प्राप्त गरे ।
यस्तै गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन । आफ्ना प्रतिस्पर्धी अर्जुन जोशीलाई उछिन्दै शर्मा विजयी भएका हुन ।
सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेकोमा बलायरले ६ सय ८८ मत ल्याउँदा नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका छन् ।
यस्तै प्रदेश १ को मतगणना शुरु गर्ने तयारी भैरहेको छ । उता लुम्बिनी प्रदेशमा पनि मतगणना जारी छ ।
नेपाली कांग्रेको १४ औ महाधिवेशन अन्तरगत हिजो ६ वटा प्रदेशमा प्रदेश अधिवेशनको लागि मतदान सम्पन्न भएको हो ।
अधिवेशनबाट प्रत्येक प्रदेशमा ८ जना निर्वाचित पदाधिकारी सहित क्रियाशील सदस्यताको अनुपातका आधारमा प्रदेश समिति चयन गर्ने छन् ।
प्रदेश नं २ का कतिपय स्थानमा भने वडा पालिका र क्षेत्रिय अधिवेशन कै चरणमा रहेकाले हाल प्रदेश अधिवेशन शुरु नभएको समितिले जनाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हालसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भएका छन् ।
बाँकी १६ जिल्लामा महाधिवेशनपछि मात्रै जिल्ला नेतृत्वका लागि निर्वाचन हुनेछ ।
यद्यपि सबैजसो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन आउदो २४ गते शुरु गर्ने कार्यतालिका रहेको छ।।










