मुलुकका धेरैजसो स्थानमा आज भारी हिमपात र वर्षा हुने
- मंसिर १७, २०७८
- 0
मुलुकका धेरैजसो स्थानमा आज भारी हिमपात र वर्षा हुने भएको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भागमा वर्षा र हिमपात हुनेछ ।
विशेषत दिउँसोदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहँदा यसको प्रभाव रहने जनाइएको छ । त्यस्तै रातिको समयमा भने कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने बताइएको छ ।
उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेकोले मुलुकभरी चिसो बढ्ने बताइएको छ । जसका कारण पर्वतारोहण, हवाई तथा यातायातलगायत जस्ता कुराहरुमा असर पर्ने बताइएको छ ।
तराईका भूभागमा हुस्सु र कुहिरो लाग्नाले झनै चिसो बढ्ने बताइएको छ । आज काठमाडौंको तापक्रम बढीमा १९ देखि २१ डिग्री सेल्सियससम्म रहने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







