दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक
- मंसिर १६, २०७८
- 0
सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो।
बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी (स्वाजिल्यान्ड), मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो।
शुक्रबार रातिदेखि नै यो निर्णय लागू हुनेछ।
अहिले आइरहेका यात्रुले भने नेपाल आइसकेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय सरकारले गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







