आज देशका विभिन्न भागमा वर्षा र हिमपातको संभावना

news-details

आजदेखि मौसम थप बदली भई विभिन्न स्थानमा वर्षा र हिमपातको संभावना छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनकाअनुसार सुदूरपश्चिमका केहि स्थानमा भारी हिमपातको समेत संभावना छ। वर्षा र हिमपात सँगै भोलिदेखि तापक्रम घटेर चिसो बढ्न सक्ने सम्भावना रहेको छ। पर्सी शुक्रबारबाट क्रमश यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसम बिस्तारै सुधार हुँदै जानेछ।

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई९यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ६ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २१ डिग्री सेल्सीयसम्म पुग्ने महाशाखाले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया