एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

news-details

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन ।

१० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा भीम रावललाई भारी मतान्तरले हराउँदै ओली दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

ओलीले १८३७ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

केन्द्रीय निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरपछि गर्दैछ ।

अध्यक्ष ओलीले सहमतिका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम घोषणा गरे पनि रावलसहितका नेताहरुले असन्तुष्टि जनाएपछि केही पदाधिकारीसहितका पदमा निर्वाचन भएको हो ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । एमालेमा २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया