भीम रावललाई भोट नहाल्न भन्दै ओली पक्षद्वारा बाँडियो पर्चा
- मंसिर १४, २०७८
- 0
नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् ।
मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरुलाई सो पर्चा बाँडेका हुन् ।
मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।
एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहान ४ बजेदेखि मात्र मतदान सुरु भएको छ ।
यसअघि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







