एमाले महाधिवेशनको बन्दसत्र साँझ ७ बजेदेखि
- मंसिर १२, २०७८
- 0
बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए । उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा। भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे ।
एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







