देशभर थपिए १५८ जना कोरोना संक्रमित, एकैदिन ३४२ निको हुदा २ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३४२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५२३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया