राखेप पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
- मंसिर ८, २०७८
- 0
राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
उहाँको ५० वर्षको उमेरमा बुधबार उपचारको क्रममा विशालनगरस्थित ओरिगन केयर होम निधन भएको हो ।
शेर्पा लामो समयअघिबाट नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ नेपाल बास्केटबल संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।
शेर्पाको आजै बौद्धस्थित शेर्पा गुम्बामा अन्त्येष्टि गरिने पारीवारिक श्रोतले बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







