प्रधानन्यायाधीशमाथि महाभियोगको माग राख्दै बारले सभामुखलाई ज्ञापनपत्र बुझाउँदै
- मंसिर ६, २०७८
- 0
नेपाल बार एशोसिएसनले आज सभामुख र विभिन्न संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले सोमबार दिउँसो २ बजे सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासहित संसदीय दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी रहेको बताए ।
उनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका लागि ज्ञापनपत्र बुझाउन लागिएको हो ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना कार्यक्रम गर्दै आएको हो । आज पनि बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा जबराको राजीनामा माग गर्दै धर्ना जारी राखेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







