एमाले अध्यक्षमा भीम रावलद्धारा उम्मेद्वारी घोषणा (दस्ताबेजसहित)

news-details

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन्।

आइतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन्।

आफूले थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी दिने घोषणा गरे पनि महाधिवेशनको व्यस्तताका कारण पार्टी कार्यालय खाली नभएको महासचिवबाट जानकारी पाएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेको उनले बताए ।

अध्यक्षमा अहिलेसम्म वर्तमान अध्यक्ष केपी शर्मा ओलीमात्र निर्विकल्प अध्यक्ष देखिएका बेला उपाध्यक्ष रावलले उनलाई चुनौती दिएका हुन ।

दस बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ । दस बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिएका थिए ।

एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा थिए। तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि रावल एमालेमै बसेका हुन्।

नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया