बारको बिरोध जारी : बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा आज बहसपैरबी नगर्ने
- मंसिर ५, २०७८
- 0
नेपाल बार एसोसिएसनले आज देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रवेश गराई कानून व्यवसायीहरुमाथि कुटपिट गरी घाइते बनाएको विरोधमा आज देशैभर बहसपैरबी नगर्ने निर्णय लिएको बारले गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै भोली राजनीतिक दलका संसदीय दलका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि बारले सार्वजनिक गरेको छ ।
साताभरिकै विरोध कार्यक्रम तय गरेको बारले यही मंसिरको २४ गते पोखरामा हुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







