प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

news-details

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ ।

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको कांग्रेसले जनाएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ ।

मंसिर ६ गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेसले आगामी २४-२६ मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया