माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने सरकारको निर्णय
- मंसिर २, २०७८
- 0
सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाका मनोनीत एकसहित २० जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । सरकारले रिक्त हुने पदमा माघ १२ गते नै निर्वाचन गर्ने भएको हो ।
निर्वाचन आयोगले माघ १० गते अगावै निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको थियो ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीसमेत २० जनाको पदावधि सकिँदैछ ।
मन्त्रिपरिषद् बैठकले मठ–मन्दिरमा हुने बलि प्रथा न्युनीकरण गर्न समिति गठन गर्ने निर्णय लिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







