आज पनि बार एसोसिएसनको धर्ना

news-details

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ ।

आज पनि कानून व्यवसायीहरुले अदालत गेट र परिसरमा धर्ना सहित विरोध जारी राखेका छन् । यसअघि आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन प्रधानन्यायाधीशले आह्वान गरेका थिए ।

नेपाल बारले भने न्यायापालिका सुधारका लागि प्रधानन्यायधीशको राजीनामा पहिलो शर्त भएको र त्यसअघि कुनै संवाद नगर्ने अडान राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया