सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किए
- कार्तिक ३०, २०७८
- 0
सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबार वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो ।
अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







