नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने

news-details

नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न बैठक बस्न लागेको उप–महासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको छ ।

तुलाधरका अनुसार केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरूको शपथ ग्रहण गराउनेदेखि अन्य एजेण्डा रहेका छन् ।

बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको रहेको छ ।

संघीय मन्त्री र प्रदेश १ तथा बागमतीका मुख्यमन्त्रीले पनि बैठकमा आफ्नो कार्ययोजना पेस गर्ने बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेशको तर्फबाट त्यहाँका इन्चार्जले प्रदेशको अवस्थाका बारेमा रिपोर्टिङ पनि गर्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया