सर्वोच्चमा कानुन व्यवसायीको धर्ना जारी, अवरोधका बीच प्रधानन्यायाधीश जबरा प्रवेश गरे अदालत

news-details

सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले आज पनि धर्ना दिएका छन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै शुक्रबार बिहानदेखिनै कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएका हुन ।

बिहीबार सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीहरुबीच धकेलाधकेल भएपछि बारले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, कानुन व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन ।

कानुन व्यवसायीहरुले सर्वोच्चको मुख्य गेट अगाडि प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला नियमित छिर्ने गेटभन्दा फरक गेट प्रयोग गरेर जबरा सर्वोच्च प्रवेश गरेका हुन ।

महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया