देशभर थपिए ४४० जना कोरोना भाइरस संक्रमित, एकैदिन ४७४ निको हुदा ६ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ४४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ गरी ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११४६० पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया