कोप २६ : जोन केरीको उपस्थितीमा नेपालको ‘लिफ’ गठबन्धनको सम्झौतामा हस्ताक्षर

news-details

वन क्षेत्रमा लगानी वृद्धि गर्दै कार्बन उत्सर्जन र वन फँडानी रोक्ने उद्देश्यले गठित एक अन्तर्राष्ट्रिय गठबन्धन लिफमा नेपालले पनि हस्ताक्षर गरेको छ ।

स्कटल्यान्डको ग्लास्गोमा भैरहेको राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप(२६० अन्तर्गत आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विशेष दूत जोन केरी पनि उपस्थित थिए । नर्वे, अमेरिका र बेलायतले जलवायु लगानीसम्बन्धी अवधारणाको यो गठबन्धनको सुरुआत गरेका थिए ।

वन क्षेत्रमा लगानी गर्दै कार्बन उत्सर्जन घटाउने यो गठबन्धनको उद्देश्य हो । कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले वन संरक्षण र व्यवस्थापनका लागि नेपालले सामुदायिक अभ्यास गरेको बताए ।

नेपालले गरिरहेको वन व्यवस्थापन सम्बन्धी यो अभ्यासको अध्ययन र अवलोकनका लागि अर्थसचिवले दक्षिण(दक्षिण र दक्षिण(उत्तरी गोलाद्र्धका मुलुकहरुलाई नेपाल आउन आग्रह गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया