एमाले महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने

news-details

नेकपा (एमाले)को दशौं रााष्ट्रिय महाधिवेशनमा १ सय ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले बिहीबारको स्थायी कमिटीको प्रस्तावलाई परिमार्जन गर्दै १९९९ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि सहभागी हुने प्रस्ताव गरेको थियो ।

यस्तै, बैठकले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थप गरेको छ । यसअघि रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय समिति रहेकोमा स्थायी समिति सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई थप गर्दै समितिलाई २३ सदस्यीय बनाइएको छ ।

यस्तै बैठकले कात्तिक २७ गते सबै क्षेत्रहरुमा एकैपटक प्रतिनिधि निर्वाचित गर्ने निर्णय गरेको छ । साथै विद्युतिय भोटिङ मेसिनको सफल परीक्षण भएकाले महाधिवेशनमा प्रयोग गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रयोग गर्ने निर्णय भए पनि परीक्षण भने भएको थिएन ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर ९ गते चितवनको सौराहमा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया