कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई
- कार्तिक १२, २०७८
- 0
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम पार्टी आफू स्वदेश नफर्कञ्जेलसम्मका लागि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







