बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए सपथ
- कार्तिक ११, २०७८
- 0
बाग्मती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन ।
नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता पाण्डेलाई बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
यस्तै गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले शपथ लिएका छन ।
मोक्तानले सामाजिक विकास मन्त्रालय, खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







