बाग्मती प्रदेशमा आज विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै
- कार्तिक १०, २०७८
- 0
वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजेका लागि बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ ।
गत बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माथि छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो ।
बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन । बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम रहेका छन् । बहुमतका लागि ५५ सदस्य चाहिन्छ ।
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







