जनप्रगतिशिल मञ्च स्पेन र गिरीले गरे रामेछापको विद्यालयलाई नगद सहयोग
- कार्तिक ८, २०७८
- 0
रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाँउमा अवस्थित पुण्य आधारभूत विद्यालयलाई नेकपा माओवादी समर्थित जनप्रगतिशिल मञ्च स्पेन र स्थानिय समाजसेवी दिनेश कुमार गिरीले नगद सहयोग प्रदान गरेका छन ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच जनप्रगतिशिल मञ्च स्पेनबाट प्राप्त नगद १ लाख र दिनेश कुमार गिरीबाट प्राप्त रु १ लाख गरी २ लाख रुपैया नगद सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा युवा नेता तथा समाजसेवी राजिव राज गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज आरनले आफ्ना भनाईहरु राख्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा विद्यालयकातर्फबाट सहयोगी दाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]









