प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित

news-details

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालले आइतबार सुचना जारी गर्दै आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी गर्नुभएकाे थियाे । तर नेपाली काँग्रेसले फ्लोर क्रस गर्ने सम्भावना बढेको भन्दै प्रदेशसभा बैठक स्थगित गर्न निवेदन परेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

गत शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री भीम आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका थिए । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजनको कार्यसूची आजै आइसकेको थियो।

नेपाली काँग्रेस प्रदेश १ ले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै नेकपा एससँग आधा-आधा कार्यकाल मुख्यमन्त्रीको दावी गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया