बाढीपहिरो र डुबानबाट ५८ जनाको मृत्यु, १५ घाइते, २६ बेपत्ता

news-details

आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ५८ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परी वुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

प्रहरीका अनुसार बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

त्यस्तै, विभिन्न स्थानको सडक पनि अवरुद्ध भएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया