नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार
- कार्तिक १, २०७८
- 0
कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ ।
गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरिएको बताइएको छ ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







