माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू

news-details

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक विहानदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी महाधिवेसनलगायतको विषयमा केन्द्रीत रहेर बैठक बसेको सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए ।

सो पार्टीको कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । सो पार्टीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया