दैलेखबाट वीरेन्द्रनगर आउँदै गरेको बस सुर्खेतमा दुर्घटनाः दुई जनाको मृत्यु, आठ जना घाइते

news-details

सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन ।

दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउँसो साढे चार बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय सुशील रावत र भगवतिमाई गाउँपालिका १ का ३४ बर्षिया शान्ता आचार्यको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं डिएसी रामप्रसाद घर्तीले जानकारी दिए ।

दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना समान्य घाइते भएको उनले जानकारी दिए । घाइतेहरुको प्रदेश अस्पताल, माया नसिंङ होममा उपचार भइरहेको घर्तीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया