उपत्यकामा ११८ सहित देशभर थपिए २७२ जना संक्रमित, एकैदिन ७७७ निको हुदा ८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा उपत्यकामा ११८ सहित देशभर थप २७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९७ हजार ८६१ जना पुगेको छ ।

२ हजार ९२ पीसीआर परीक्षणमा २४० जना र ३२६ जना र २६२० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा गरी २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८९, भक्तपुरका ११ जना र ललितपुरका १८ गरी उपत्यकामा कुल ११८ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७९ हजार ९३१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२७७ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया