देशभर थपिए ३६५ जना कोरोना संक्रमित, एकैदिन ६०९ निको हुदा ४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा  देशभर थप ३६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९७ हजार १३४ जना पुगेको छ ।

३ हजार ६७१ पीसीआर परीक्षणमा ६९१ जना र ३२६ जना र १९२३ एन्टिजेन परीक्षण गर्दा ३९ जनामा गरी ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७८ हजार ३५० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२४७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया