मुगु बस दुर्घटना अपडेट स्मृतकको सङ्ख्या ३२ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो

news-details

मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जानकारी दिए । यसअघि २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको उनले बताए । साथै एक जनाको मुगु अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम शव खोजी कार्य भइरहेको समेत उनले बताए । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा दुर्घटना भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया