उपत्यकामा ३२२ सहित देशभर थपिए ७६४ जना संक्रमित, एकैदिन १०३३ निको हुदा १० को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३२२ सहित देशभर थप ७६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ८ लाख ९३ हजार ८३६ जना पुगेको छ ।

९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जना र १२२२ एन्टिजेन परीक्षणमा ४९ जनामा गरी ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २२९, भक्तपुरका २५ जना र ललितपुरका ६८ गरी उपत्यकामा कुल ३२२ जना कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०३३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ७४ हजार १७३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ११२१० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया