गृहमन्त्री खाँण मनाङमा, बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन
- अशोज २१, २०७८
- 0
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन ।
उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो ।
सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







