एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश
- अशोज २१, २०७८
- 0
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्।
नेता जोशीलाई समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालसहित महासचिव बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायतको उपस्थिती थियो।
साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह-इन्चार्ज रहेका जोशी एमाले समानान्तर कमिटीको प्रदेश अध्यक्ष थिए। उनलाई नेकपा एकीकृत समाजवादीको सचिवको जिम्मेवारी दिने तयारी छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







