सप्तरीमा एक युवती मृत फेला

news-details

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् ।

रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया