पूर्वसांसद एवम् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

news-details

ठगी गरेको अभियोगमा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

४६ करोड ठगी गरेको उजुरी परेपछि तामाङलाई सोमबार साँझ पक्राउ गरिएको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

तामाङ सिभिल बैंकका अध्यक्ष पनि हुन् । उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

को–अपरेटिभका ७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेको डीआईजी सिंहले बताएका छन् ।

हिरासतमा रहेका एमालेका पूर्वसांसद तामाङले निक्षेपकर्ताको ४६ करोडभन्दा धेरै रकम आफूले तिर्ने बताएका छन् । तामाङले ठगी गरेको भन्दै बेलाबेला उजुरीहरू पर्ने गरेको थियो । तर, राजनीतिक आडमा तामाङ बच्दै आएका थिए । यस पटक तामाङ सीआईबीको फन्दामा परेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया